सानीमा बैंकद्वारा ग्राहकलाई सिआरएन नम्बर लिन अपिल, हितग्राही खाता निशुल्क

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 06:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सि-आस्वा पूर्णरुपमा कार्यन्वयनमा आएसंगै बैंक वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई सीआरएन नम्बर लिनका लागि धमाधम सुचना जारि गरेका छन। फागुन ११ देखि सार्वजनिक निष्काशनको शेयरमा आबेदन दिन लगानीकर्ताले अनिवार्य रुपमा सीआरएन नम्बर लिनुपर्ने भएकाले बैंकहरुले सीआरएन नम्बर लिन अपिल गरेका हुन।  

यसै क्रममा सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सीआस्वा लिन अपिल गरेको छ। बैंकले ग्राहक सुविधालाई केन्द्रित गरि सम्पूर्ण बैंकका शाखाहरुबाट सि-आस्वा रजिष्ट्रेशन नम्बर लिने व्यवस्था मिलाएको जानकारी दिएको छ।  

यस व्यवस्था पश्चात अब ग्राहकले सानिमा बैंकको कुनै पनि शाखाबाट सि–आस्बा रजिष्ट्रेशन नम्बर लिई सि–आस्बा प्रणाली मार्फत सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न सक्नेछन।

यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनै पनि शाखामा गई सी–आस्वा फारम  भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन। सी–आस्वा सञ्चालनमा आएसंगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । 

सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सि–आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्न नम्बर लिन तथा केवाईसी अपडेट गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न समेत बैंकले ग्राहकहरुमा अनुरोध गरेको छ।  

त्यस्तै 

सीआरएन नम्बर लिएका लगानीकर्ताले 'मेरो शेयर' सफ्टवेयरको सेवा लिएर आफैंले इन्टरनेटबाट अनलाइन मार्फत आबेदन दिन पाउनेछन भने अनलाइनबाट आबेदन दिन 'अप्ठ्यारो' भएकाहरुले भने सीआरएन नम्बर लिएको सम्बधित बैंकमा गएर सार्वजनिक निष्काशनको शेयरमा आबेदन भर्न पाउनेछन। 

अनलाइन मार्फत आबेदन दिन चाहने ग्राहकले सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरेको मेरो शेयर सेवा लिनुपर्ने हुन्छ। यसका लागि  आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवाका लागि आबेदन दिनुपर्ने हुन्छ। 

बैंक वा निक्षेप सदस्यले तपाईको आबेदन रुजु गरिसकेपछि एउटा युजर नेम र पासवर्ड दिनेछ र त्यहि युजर नेम र पासवर्ड मार्फत 'मेरो सेयर' बाट इन्टरनेट मार्फत अनलाइनबाट नै सार्वजनिक निष्काशनको सेयरमा आबेदन दिन सकिनेछ। यो सेवा लिनका लागि तपाइँले बार्षिक ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ। नबिल बैंक लगायत केहि संस्थाले भने यो सेवा निशुल्क गरेका छन।  






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved