पोखरा फाइनान्सद्वारा मोवाईल बैंकिङ सेवाको सुरुवात

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 07:15:45 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले मोवाईल बैंकिङ सेवा सुरु गरेको छ। फाइनान्सका अध्यक्ष भुवन सिंह गुरुङले एक समारोहकाबीच मोवाईल बैंकिङ सेवाको शुभारम्भ गरे। 

यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन। 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले मोवाईल बैंकिङ सेवाको शुभारम्भ कै दिन आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बि.आई.एम. मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेको जानकारी दिए। फाइनान्सले निकट भविष्यमा भैरहवा, नारायणगढ तथा वेसीशहरमा गरी थप ३ शाखाहरु सञ्चालनमा ल्याउने गुरुङले बताए। 

पोखरा केन्द्रित राष्ट्रिय स्तरको पोखरा फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख रहेको छ। यस अवधिमा फाइनान्सले ३ अर्ब ९४ करोड ७७ लाख निक्षेप संकलन गरि ३ अर्ब ७० करोड १७ लाख कर्जा प्रवाह गरेको छ। यस अवधिमा फाइनान्सले ४ करोड ३ लाख खुद मुनाफा आर्जन गरेको छ। 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले हालै मात्र १५ प्रतिशत हकप्रद बिक्रि गरेको छ। हकप्रद बिक्रि तथा बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७५ करोड ४० लाख पुग्नेछ। फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट ८.२६ प्रतिशत लाभांश घोषणा गरेको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved