सिटिजन्स बैंकको ६८ औं शाखा कास्कीको सिमलचौरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 03:38:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८ औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । संघीयतालाई दह्रो बनाउन र स्थानीय तहबाटै सेवा दिनको लागि बैंकिङ क्षेत्रहरु, ७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहना अनुसार बैंकले शाखा विस्तार गरेको हो । आज   फाल्गुन १४ गते  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत   बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका   ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । साथै आफ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल  कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved