एनआइसी एसियाले ल्यायो १० प्रतिशत ब्याज दिने 'सम्मुनती प्लस वचत खाता' योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 27, 2018 | 07:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी 'सम्मुनती प्लस वचत खाता' योजना संचालनमा ल्याएको छ । सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

यो खाता खोल्ने ग्राहकले लकर सुविधामा ५० प्रतिशत छुटका साथै इन्टरनेट, मोवाइल बैंकिङ तथा निःशुल्क डीम्याट खाता र डेविट कार्ड पाउने   बैंकले जनाएको छ । बैंकले त्रैमाशिक रुपमा ब्याज भुत्तानी दिने भएको छ ।

यसअघिका सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता लोकप्रिय भएपछि नयाँ वचत योजना सार्वजनिक गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved