बैंक तथा वित्तीय संस्था बन्द गर्न एक स्थानीय तहको निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 08:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बाजुराको गौमुल गाउँपालिकाले सहरकारीलाइ मात्र प्राथमिकता दिने भन्दै त्यहाँ रहेका बैंक तथा वित्तिय संस्था बन्द गर्न आदेश दिएको छ।

गाउँपालिकाले फागुन १० गते पत्र लेख्दै निर्धन उत्थान विकास बैंक,किसान माइक्रोफाइनान्स र डिप्रोस लघुवित्त वित्तीय संस्थालाई एकमहिनाभित्र कारोबार बन्द गर्न उर्दी नै जारी गरेको छ।

‘गाउँसभाबाट स्थानीय सहकारीलाई मात्र बढवा दिने निर्णय भएकोले बैंक तथा फाईनान्सहरुको यस गाउँपालिकाको जुनसुकै वडाहरुमा समूह गठन भई वित्तीय कारोबार संचालनमा छ भने एकमहिनाभित्र कारोबार बन्द गरि समूहका सदस्यको रकम फिर्ता गरेर सोको जानकारी यस गाउँपालिकामा गर्नुहुन अनुरोध गरिन्छ।’ निर्धन उत्थान विकास बैंक डेप्ररोक्स लघुवित्त संस्था र किसान माइक्रो फाइनान्सको नाममा काटिएको पत्रमा उल्लेख गरिएको छ।

स्थानीय तहको अधिकारबारे जानकारी नहुँदा यस्तो घटना भएको विश्लेषण गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved