ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 12:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले थप दुई शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ । बैंकले फागुन १९ गते शनिबार देखि मोरङ्ग जिल्लाको पथरी शनिश्चरे  नरपालिका वडा नं. ४, कुशल चोकमा आफ्नो ७३ औँ र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नंं. ६, कठौना बजारमा ७४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो । 

मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उप–मेयर श्रीमती यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे । उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी सोहि मितिमाा सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरे । कठौनामा खोलिएको सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 


कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० वटा शाखा, १२८  वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved