जनता बैक नेपाल र सिद्धार्थ इन्स्युरेन्सबिच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 03:30:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबिच बैंकासुरेन्स Bancassurance सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।   यस बाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् भन्ने दुवै पक्षले अपेक्षा लिएको छ । 


बैंकको आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरता सँगै उक्त संझौता गरिएको हो । संझौतापत्रमा जनता बैंक नेपाल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत   पृथ्वीश्रेष्ठ र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडका नायब महाप्रबन्धक मुरारी रेग्मीले हस्ताक्षर गरेका हुन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved