कामना सेवाको सेवा अब काठमाडौँमा पनि, आफ्नै भवनबाट मुख्य कार्यालय स्थापना गरी कारोबार सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 02:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

  कामना सेवा विकास बैंकले काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरव मार्ग स्थित आफ्नै भवनबाट मुख्य कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । आधुनिक बैकिङ्ग सुविधा, प्रर्याप्त पार्किङ्ग सुविधा सहितको भवन र पूर्वाधारले ग्राहकका आवश्यकता अझै सरल र सहज ढङ्गले पुरा हुने विश्वास बैंकले लिएको छ ।

विशेषगरी पोखरा, बुटवल र नारायणगढ क्षेत्रमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको यस बैंकले काठमाडौंमा पहिलो पटक शाखा खोलेको हो । मुख्य शाखा समेत ४१ शाखा मार्फत सेवा प्रदान गरेको बैंकले निकट भविष्यमै विभिन्न १७ स्थानमा शाखा कार्यालय स्थापनाको आवश्यक तयारी समेत अन्तिम अवस्थामा रहेको जनाएको छ ।

तीन अर्व अधिकृत पूंजी र २ अर्व ६ करोड चुक्ता पूंजी रहेको बैंकको पौष मसान्त सम्मको निक्षेप १३ अर्व ८७ करोड ४२ लाख रहेको छ भने कर्जा लगानी १२ अर्व ३९ करोड ११ लाख रहेको छ  ।  सो अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैया संचालन मूनाफा आर्जन गरेको छ । बैंकले मिति २०७४।१२।०५ गते सम्मको लागि १५ प्रतिसतका दरले हकप्रद शेयरको आवेदन माग गरिरहेको छ । यस पछि बैंकको चूक्तापूंजी २ अर्व ३७ करोडको हाराहारीमा पुग्ने छ । गत वर्षको मुनाफाबाट वोनश शेयर वितरण पश्चात बैंकको चूक्तापूजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम २ अर्व ५० करोड भन्दा  बढी हुने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले गराए   ।

कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले शुभारम्भ बचत खातामा ९ प्रतिशत र १८० दिने मुद्दतिमा १३ प्रतिशत बार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । कुल १८०० ग्राहकलाई लकर सुविधा प्रदान गर्न सक्ने क्षमता भएकोले भुकम्प पछि उपत्यकाका बैंकहरुमा भएको लकर सुविधाको अभाव केही हद सम्म पुरा हुने देखिएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन ५०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved