एनआइसी एसियाका सिईओ लक्ष्मण रिसालले दिए राजिनामा, यस्तो छ कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 08, 2018 | 06:02:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सीईओ पदबाट राजिनामा दिएका छन्। दबाब थेग्न नसकेका कारण रिसालले राजिनामा दिएको स्रोतको भनाई छ। 

नेपाल बैंकर संघले तोकेको ब्याजदरको सिमा नाघेर ब्याज बढाउन दबाब दिएपछी भद्र सहमति बिपरित जान नसक्ने भन्दै रिसालले सीइओ पदबाट राजिनामा दिएको स्रोतको भनाई छ। आफ्नो असहमतिकै बावजुद बैंकले फागुन २४ गते मात्रै बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेकाले रिसालले पदबाट राजिनामा दिएको स्रोतले बताएको छ। स्मरण रहोस, बैंकर संघले बचतमा ८ तथा मुद्दतीमा ११ प्रतिशतको सीमा तोकेको छ।

ब्याजदरको बिषय सतहमा देखिएपनि बैंक संचालनका क्रममा बैंककै सहायक प्रमुख कार्यकारी रोशन कुमार न्यौपाने तथा बैंक संचालकसंगको मतभेद र असमझदारी पनि राजिनामाको कारण हुन सक्ने विश्लेषण गरिएको छ।     

एनआईसी एसियाका तत्कालिन सीईओ शशीन जोशीले छाडेपछी रिसालले २०७३ जेठ ३ देखि एनआईसी सम्ह्याल्दै आएका थिए। चर्को दबाबकै कारण दुई बर्ष पुरा नहुँदै रिसालले बैंक छाडेको बताइएको छ। बैंकिङ क्षेत्रमा करिब २८ बर्षको अनुभव भएका रिसालले एनआईसी सम्हालेसंगै बैंकले सेवा र कारोबार बिस्तारमा उल्लेख्य प्रगति गरेको थियो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved