एनआईसी एशिया बैंकसँग कुनै पनि कारोबार नगर्ने बैंकर्स संघको निर्णय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2018 | 10:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले आजैका मितिदेखि लागु हुने गरी एनआईसी एशिया बैंकसँगको कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । संघको आज शुक्रबार बिहान बसेको आकस्मिक बैठकले संघ र एनआईसीबीचको हालको सम्बन्ध तथा सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो । 

बैंकले संघको निर्णय भन्दा बाहिर गएर बैंकिंग प्रणालीलाई नै असहज बनाउन खाजेको भन्दै यस्तो निर्णय लिएको हो ।  गत शुक्रबार संघमा आबद्द २८ वटा बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशत र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एनआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो।

तर त्यसको एक साता पनि नबित्दै फागुन २४ गते मात्रै संघको निर्णय बिपरित बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने निर्णय गर्यो । यसरी नेपाल बैंकर्स संघको निर्णय बाहिर गएर बैंकले आफूखुसी बैंकिंग प्रणालीलाई असहज बनाउन खाजेको भन्दै भन्दै संघले   एनआईसी एशियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो । साथै संघले साे बैकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने र  एनआईसी एशियासँग अरु बैंकले विदेशी मुद्राको कारोबार पनि नगर्ने निर्णय भएको छ । एनआइसी एसियाको पछिल्लो कदमले वाणिज्य बैंकहरुको प्रणालीमा नै समस्या ल्याउने तथा  प्रणाली बिगार्नुका साथै अरु बैंकलाई पनि समस्यामा पार्ने भएकाले यस्तो निर्णय गर्न बाध्य भएको संघले जनाएको छ  ।

संघले एनआईसी एशियाको पछिल्लो कदमको समीक्षा गर्न  फागुन २७ गते आइतबार अर्को बैठक आह्वान गरेको छ । उक्त बैठकमा एनआईसी एशिया बाहेकका २७ वाणिज्य बैंकलाई आमन्त्रण गरेको संघले जनाएको छ ।

उता हिजो नै नेपाल बैंकर संघले तोकेको ब्याजदरको सिमा नाघेर ब्याज बढाउन दबाब दिएपछी भद्र सहमति बिपरित जान नसक्ने भन्दै एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सीइओ पदबाट राजिनामा  दिईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved