एनआईसी एसियाको बैंकको नयाँ शाखा मकवानपुरको भिमफेदीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 09, 2018 | 02:07:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले मकवानपुर स्थित भिमफेदीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले  सो शाखाको उद्घाटन गरे। 

भिमफेदी शाखासंगै बैंकको १८१ शाखा कार्यालय र १८३ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेको छ। बैंकले हाल आफ्ना देशभरका १८१ शाखा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै प्रत्यक्ष एवं पांच हजार भन्दा बढि रेमिटान्स पेआउट एजेन्ट मार्फत कारोबार भइरहेको बैंकले जनाएको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved