प्रभु बैंकले एकै पटक विस्तार गर्यो दुई वटा शाखा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 09, 2018 | 02:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संरचना अनुसार कारोबार विस्तार गर्ने क्रममा प्रभु बैंकले एकै पटक दुई स्थानीय तहमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले बाग्लुङको बरेंग गाउँपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नयां शाखा संचालनमा ल्याएको हो। 

बाग्लुङ गाउँपालिका -२ मा संचलानमा आएको शाखाको बरेङ्ग गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा र कास्कीको माछापुच्छ्रे गाउँपालिका शाखा गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीबाट उद्घाटन भएको बैंकले जनाएको छ।       

आजदेखि संचालनमा आएका शाखा कार्यालयबाट त्यहाँका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनि तथा संघ संस्थाहरुले सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन। शाखा संचालनमा आएसंगै त्यहाँको समग्र आर्थिक बिकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved