नेपाल बैंकको एफपीओ तत्काल नआउने, शेयरधनीलाई लाभांश कहिले ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 08:19:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको ५८ औं बार्षिक साधारणसभाले थप नयाँ सेयर (एफपीओ) निष्काशनको प्रस्ताव पारित गरेको छ। अधिकांश शेयरधनि एफपीओ निष्काशनको पक्षमा नरहेपनि ६२ प्रतिशत सरकारी स्वामित्वले एफपीओ बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। 

सरकारी स्वामित्वको ६२ प्रतिशत हिस्सालाई ५१ प्रतिशतमा झार्न प्रिमियम मुल्यमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्न लागिएको हो। एफपीओ बिक्रि गर्ने प्रक्रिया अगाडी बढाउन संचालक समितिलाई निर्देशन दिएको संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बताए।

वित्तीय बजारको अवस्था प्रतिकुल भएकाले बैंकले तत्काल एफपीओ बिक्रि गर्ने सम्भावना न्यून रहेको जनाइएको छ। एका तर्फ बैंकिङ प्रणालीमा तरलता अभाब र अर्को तर्फ हकप्रद, एफपीओ र म्युचुअल फन्डका इकाई नै बिक्रि हुन छाडेपछि बैंकले तत्काल एफपीओ बिक्रि नगर्ने भएको हो। 

त्यसमा पनि बैंकको संचिति मुनाफा नोक्सानीमा रहेकाले उसले चाहेजस्तो प्रिमियम मुल्य पाउने सम्भावना कम भएकाले एफपीओ निष्काशन गर्न बैंक हिच्किचाएको हो। 

एफपीओ निष्काशनमा ढिलाई हुनेभएसंगै बैंकले यो बर्षपनि शेयरधनिहरुलाई लाभांश खुवाउन नसक्ने भएको छ। लाभांश खुवाउनकै लागि एफपीओ बिक्रि गर्ने बैंकको योजनामा वित्तीय बजारको अवस्था बाधक बनेकाले बैंकले सम्भवत अर्को बर्ष मात्र लाभांश खुवाउन सक्नेछ। 

हाल बैंकको संचिति नोक्सानी २ अर्ब रहेको छ। संचिति नोक्सानी धनात्मक नहुँदासम्म बैंकले शेयरधनिहरुलाई प्रतिफल दिन पाउनेछैन भने संचिति नोक्सानी कै कारण उसको एफपीओं मुल्य समेत सस्तो हुनेछ।      

बैंकले चालु आर्थिक बर्षको पहिलो  ६ महिनामा एक अर्ब ६३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै बैंकको जगेडा तथा कोषमा गएको असारको तुलनामा अहिले ४८ दशमलब ०६ प्रतिशतले वृद्धि भएको छ ।

१९९४ सालमा स्थापित बैंकले अहिले देशका ५४ जिल्लामा १३५ शाखा ११ एक्सटेन्सन काउन्टर र ५४ वटा एटीएम सञ्चालन गर्दै आएको छ । बैकका १२ लाख ग्राहक रहेका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved