एनआईसी बिरुद्दको 'नाकाबन्दी' प्रस्ताब सर्वसम्मतले पारित, ४ अर्ब झिक्ने निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 11:15:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया संगको कुनै पनि किसिमको अन्तर बैक कारोबार नगर्ने प्रस्ताबमा सम्पूर्ण बाणिज्य बैंक सहमत भएका छन। आज आइतबार नेपाल बैंकर्स संघको कार्यसमितिले संघका साधारण सदस्य समेत रहेका बाणिज्य बैंकहरुलाई छलफलमा डाकेर उक्त प्रस्ताबमा सहमती जुटाएको हो। 

एनआईसी एसियाले भद्र सहमति तोडेको भन्दै संघले गत शुक्रबार उसंग कुनै पनि किसीमको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको थियो। सोहि निर्णयलाई सर्वसम्मतले पारित गराउन संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सबै २७ बाणिज्य बैंकका प्रमुख कार्यकारीलाई आज बिहान छलफलमा डाकेका थिए। 

संघले एनआईसी एसियासंग रहेको अन्तर बैंक कारोबार रकम समेत झिक्ने निर्णय गरेको छ। एनआईसीसंग झन्डै ४ अर्ब अन्तर बैंक कारोबार रकम छ। एनआईसीको रवैया हदै भयो भन्दै २७ बाणिज्य बैंकका सीईओहरु एनआईसीको संघको सदस्यता नै निलम्बन गर्नमा सहमत भएका छन। 

'जहिलेसम्म एनआईसी एसियासंग कारोबार गर्दा जोखिम हुन्छ जस्तो लाग्छ, त्यही बेलासम्म कुनै पनि किसिमको अन्तर बैंक कारोबार गर्दैनौं' संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, '२७ वटै बाणिज्य बैंकले एनआईसी एसियासंगको कारोबारमा जोखिम देखे, त्यसले यो निर्णय गरेका हौँ।' 

'कुन बैंकसंग कस्तो कारोबार गर्ने भन्ने अधिकार सम्बन्धित बैंकसंग नै हुन्छ तर सम्पूर्ण बैंकिङ प्रणालीमा नै समस्या आउने गरि अगाडी बढ्ने अधिकार कसैलाई छैन' ढुंगानाले बिजपाटिलाई भने। 

ब्याजदर बढाउने प्रतिस्पर्धामा एनआईसी एसियाले अहिले हदै गरेकाले यस्तो कठोर निर्णयमा सहमत हुन परेको एक बैंकरले बिजपाटिलाई भने। उनका अनुसार अन्य बैंकले १४ प्रतिशत कर्जा प्रवाह गर्दा एनआईसीले ४० प्रतिशतले कर्जा प्रवाह गरेको छ। 'एक प्रतिशत कस्ट अफ फन्ड बढ्दा बैंकले ऋणीलाई डेढ-दुई प्रतिशत ब्याज बढाउँछ, आखिर नोक्सानीमा पर्ने भनेको सर्वसाधारण नै हो, बढेको ब्याजले संस्थागत लगानीकर्तालाई बाहेक अरुलाई फाइदा हुँदैन' उनले भने।  

'गाडीमा २५० को स्पिड छ भनेर पुरै स्पिडमा गाडी कुदाउने कि सडकको जोखिम हेरेर स्पिड गर्ने ?' एनआईसी एसियाले ब्याज बढाएको प्रति असन्तुष्टि जनाउदै अर्का बैंकका सीईओले भने, 'भोलि दुर्घटना हुँदा एनआईसी मात्र होइन अरु बैंक पनि प्रभावित हुन्छन, ब्याजदर घट्दा समग्र अर्थतन्त्रलाई नै हित हुन्छ भन्ने थाहा हुँदा हुँदै सहमति बिपरित गएकाले संघको निर्णयमा हामि प्रतिबद्द छौं' उनले भने। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved