मुक्तिनाथ विकास बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2018 | 03:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले भक्तपुर नगरपालिका वडा नं. १० मा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।  बैंकले भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलविनायकमा रहेको कमलविनायक शाखाको आज आइतबार उद्घाटन गरेको हो ।  नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले शाखा उद्घाटन गरेका हुन्  ।  

उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको पृष्ठभूमि तथा बैंकले अबलम्बन गर्दै आईरहेको बर्तमान अवस्था माथि प्रकाश पार्दै भावी योजनाको बारेमा जानकारी गराएका थिए  । कार्यक्रममा समुद्घाटन मन्तव्य भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष   रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने छन् भन्ने विश्वास लिएको बताए  । 

कार्यक्रमका प्रमुख अतिथि  सत्यन्द्र प्यारा श्रेष्ठले मुक्तिनाथ विकास बैंको जनता बै.कमा होइन बै.क जनतामा जानु पर्दछ भन्ने नाराले नै बैंकको प्रगतिको आधार भएको बारेमा चर्चा गरे   । सोही क्रममा उनले बर्तमान समयमा बैंक तथा बित्तीय संस्थाले भोग्दै आएको तरलताको समस्याले गर्दा बैंक बैंकहरुबीचमा ब्याजदरको प्रतिस्पर्धा बढ्न गएको प्रति दुखेसो पोख्दै तरलता अभावको समस्या लामो समय सम्म नरहने हुँदा यस अल्पकालिन अभावको समस्यालाई बैंकहरु एक आपसमा मिलि अन्त्य गर्नु पर्नेमा जोड दिए  । 

उद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य   नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै बैंकको सेवा सुविधाले त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved