एनआईसीसंग २७ बाणिज्य बैंकले सम्बन्ध तोड्दा बिकास बैंकहरुले गरे यस्तो निर्णय

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 05:14:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसि एसिया बैंकले भद्र सहमति तोडेको भन्दै २७ बाणिज्य बैंकले सम्बन्ध तोडेपनि विकास बैंकहरुले भने 'पख र हेर' को नीति अपनाएका छन। आइतबार दिउँसो बसेको विकास बैंकहरुको सीईओहरुको संगठन 'डेभलपमेन्ट बैंकर्स एशोसिएसन'ले एनआईसी एसियाको आगामी रणनीति अनुसार नै आफुहरु अगाडी बढ्ने निर्णय गरेको हो। 

ब्याजदर सम्बन्धि पुर्व सहमति तोडेकै कारण सहकर्मी बैंकहरुले एनआईसीसंगको सम्बन्ध बिच्छेद गरेपनि विकास बैंकहरुले भने गल्ति सच्याउने अवसर दिने भएका छन।

एनआईसी एसियाले ब्याजदर सम्बन्धि पुर्वसहमति तोडेर गल्ति गरेको बिकास बैंकहरुको निष्कर्ष छ। एनआईसी एसियाले बजार बिगार्ने काम गरेर गल्ति गरेको भन्दै उसलाई पहिले आफ्नो निर्णय सच्याउन आग्रह गर्ने विकास बैंकहरुले निर्णय गरेका छन।   

विकास बैंकहरुको सीईओहरुको नियमित बैठकले तत्काल कुनै प्रतिक्रिया नजनाउने निर्णय गरेको संघका अध्यक्ष भरतराज ढकालले बिजपाटिलाई बताए। 'एनआईसी एसियालाई असहयोग गर्ने वा सहयोग गर्ने भन्ने बारे कुनै ठोस निर्णय गरेका छैनौँ, परिस्तिथि हेरेर मात्र निर्णय गर्छौं' ढकालले भने, 'अन्तर बैंक कारोबार रोक्ने या पैसा झिक्ने कुनै निर्णय भएको छैन, तर जोखिम हुने परिस्तिथि आएमा विकास बैंकहरुले आवश्यता अनुसार निर्णय लिनेछ।'

एनआईसीले ब्याज बढाएर विकास बैंकको भन्दामाथि पुर्याए पनि विकास बैंकहरुले तत्काल ब्याज बढाउने मनशाय नभएको संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी ढकालले बताए।   

'बाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुबीचको सहमति तोडेर एनआईसी एसियाले ठुलो गल्ति गरेकै हो, त्यसको जवाफ समयले नै दिनेछ, बैंकहरुले झैं कठोर निर्णय हामीले लिएका छैनौँ तर हाम्रो निर्णय एनआईसीको भोलिको कदमले निर्धारण गर्नेछ' बैठकमा सहभागी एक विकास बैंकका सीईओले बिजपाटिलाई भने। 

उनका अनुसार डेभलपमेन्ट बैंकर्स संघले एनआईसीलाई पुर्व सहमति अनुसार नै ब्याजदर निर्धारण गर्न प्रस्ताब गर्नेछ। यदि एनआईसीले आफ्नो निर्णय नसच्याए २७ बैंकहरुले गरेकै 'कारबाही' बिकास बैंकले गर्नेछ। एनआईसीसंग बिकास बैंकहरुको करिब ७ अर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार रकम छ।   

एनआईसी बिरुद्दको 'नाकाबन्दी' प्रस्ताब सर्वसम्मतले पारित, ४ अर्ब झिक्ने निर्णय

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved