सिभिल बैंकले एकै पटक संचालनमा ल्यायो लमजुङमा दुई नयाँ शाखा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 06:17:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले शाखा संजाल बिस्तार गरि कारोबार बढाउने क्रममा आज एकै दिन दुई नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले लमजुङको दुई गाउँपालिकामा एकै पटक दुई शाखा संचालनमा ल्याएको हो। 

बैंकले लमजुङको दूधपोखरी गाउँपालिका ६, गौंडामा ५६ औं शाखा र क्व्होलासोंथर गाँउपालिका-२ , मालिङमा ५७ औं शाखा संचालनमा ल्याएको छ। छुट्टाछुट्टै कार्यक्रम बिच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले दुवै शाखा कार्यालयको उद्घाटन गरे।

उद्घाटन अवसरमा बोल्दै रेग्मीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए। त्यस्तै बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए।   

उद्घाटन अवसरमा राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।    

बैंकले चालु आर्थिक वर्षको दोश्रो चौमासमा २१ करोड ६५ लाख खुद मुनाफा कमाउन सफल भएको छ। बैंकको यो मुना गत बर्षको यस अवधिसंगको तुलनामा ३१ प्रतिशतले बढी हो। बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved