मुक्तिनाथ विकास बैंकको नायाँ शाखा काठमाडौँको चावहिलमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 02:58:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. ले काठमाण्डौ उपत्यका भित्र नवौं शाखाको रुपमा काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिल, (गोपीकृष्ण) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । उनले मुक्तिनाथ विकास बैंकको आधुनिक बैंकिङ्ग तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिईने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीहरुसंग बैंकहरुको पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व गभर्नर थापाले मुक्तिनाथ विकास बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रुपमा रहेको बताए । शाखा उद्घाटन कार्यक्रममा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्रै मापन गर्न सकिने र बैंकको स्थापना काल देखि हालसम्ममा बृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवा प्रति ग्राहकहरु सन्तुष्ट छन् भन्ने संकेत गरेको बताए । 

बैंकको काठमाडौँ उपत्यका सहित हालसम्म ७४ वटा शाखाहरु संचालनमा छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved