राष्ट्र बैंकले सिसिडी रेसियोको दैनिक अनुगमन गर्ने, अनुपात नाघे हर्जाना तिर्नु पर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 03:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कर्जा/स्रोत परिचालन सिसिडी रेसियो सम्बन्धमा नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले यही महिनादेखि दैनिक रुपमा सिसिडी रेसियो अनुगमन गर्ने गर्ने र त्यस्तो अनुपात नाघेमा हर्जना लगाईने जनाएको हो  ।

मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्म सार्वजनिक विदा बाहेक हरेक कार्यदिनको आधारमा मासिक औसत निर्धारण गरिने बताएको हो ।  राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७४ लाई संशोधन गर्दे क , ख र ग वर्गका वित्तीय संस्थाका लागि कर्जा/स्रोत परिचालन सिसिडी रेशियोको अनुगमन  तथा हर्जाना सम्बन्धी व्यवस्था गरेको हो ।

सिसिडी गणना गर्दा प्राथमिक पुँजीको हकमा अघिल्लो त्रैमासमा कायम भएको प्राथमिक पूँजीलाई एवं कर्जा तथा सापट र स्वदेशी निक्षेपको हकमा सोही दिनको रकमलाई लिनुपर्ने व्यवस्था गरिएको छ  । साथै त्रैमास समाप्त भएपछि हकप्रद शेयर एवं एफपिओको बाँडफाँट भइ त्यसको पैसा प्राप्त भई पूँजी बढेमा प्राथमिक पूँजी गणना प्रयोजनको लागि सो समेत समावेश गर्न सकिने  ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved