तरलता २२ अर्बमा आएपछि राष्ट्र बैंकले २० अर्ब बजारमा पठाउँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 08:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वित्तीय बजारमा आज २० अर्ब रुपैयाँ पठाउने भएको छ। तरलता अभाबका कारण अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत नाघेपछी राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा २० अर्ब पठाउन लागेको हो।

राष्ट्र बैंकले पाँच प्रतिशत ब्याजदरमा दुई हप्ताको लागि २० अर्ब जारी गर्न लागेको हो। आज (बुधबार) जारी हुने रिपो चैत १४ गते मात्र परिपक्व हुनेछ।ब्याजदर करिडोर सम्बन्धी कार्यविधी अन्तर्गत अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो मार्फत वित्तीय बजारमा पैसा प्रवाह गर्छ। त्यस्तै यसको ठिक बिपरित, यदि तरलता धेरै भएमा रिभर्स रिपोमार्फत राष्ट्र बैंकले वित्तीय बजारबाट पैसा तान्ने गर्छ। 

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा अहिले २२ अर्ब रुपैयाँ बराबरको तरलता छ। रिपो मार्फत २० अर्ब रुपैया बैंकिङ प्रणालीमा प्रवाह भएपश्चात अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउने राष्ट्र बैंकको विश्लेषण छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved