मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 14, 2018 | 04:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले आज एक समारोहमा दस्तखत गरेका हुन्  । उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा बैंकले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा   प्रमुख कार्यकारी अधिकृत  भरतराज ढकालले मन्तव्य राखेका थिए  । नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा उहाँहरुले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानबाट प्रभावित भई यस विकास बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेकोले उनीहरुलाई चयन गरेको बताए   । यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताए  । 

सो कार्यक्रममा   सिताराम कट्टेल (धुर्मुस) तथा   कुञ्जना घिमिरे (सुन्तली) ले मन्तव्य राख्दै  बैंकसंगको सहकार्यतामा निकै नै गर्व महशुस भएको बताए  । मुक्तिनाथ विकास बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएको बताए  । आगामी दिनहरुमा मुक्तिनाथ विकास बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नु पर्नेमा जोड दिए   । 

 मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसाय प्रवद्र्धधनात्मक क्रियाकलाप, सामाग्रीहरु तथा बैंकको कार्यक्रमहरुमा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved