मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेसडरमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार धुर्मुस जोडीले बैंकको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि सघाउनेछन। साथै बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनात्मक क्रियाकलाप, सामाग्रीहरु तथा बैंकको कार्यक्रमहरुमा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने छ।
धुर्मुस जोडीले आगामी दिनहरुमा बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नु पर्नेमा जोड दिए।
धुर्मुस जोडीले बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएकोले सहकार्य गर्न तयार भएको बताए।
धुर्मुस जोडीले कलाकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानबाट प्रभावित भएकाले बैंकले उनीहरुलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको बैंकका सीईओ ढकालले बताए। 'यस सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिन्छ' उनले भने।