सेन्चुरी बैंकको लाभांश प्रस्ताब पारित, चुक्ता पुंजी ८ अर्ब नाघ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 09:13:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको फागुन ३० मा बसेको बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि १० प्रतिशत लाभांश प्रस्ताब पारित गरेको हो।

बैंकले साधारणसभा प्रयोजनार्थ फागुन ११ देखि बुक क्लोज गर्ने निर्णय गरेकाले फागुन १० सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन। लाभांश प्रस्ताब भएसंगै बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड पुगेको छ। 

बैंकले पुष मसान्तसम्म ५२ अर्ब १७ करोड निक्षेप संकलन गरि ४७ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। जसबाट बैंकले ३२ करोड ५१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ। 

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved