कान्छो बाणिज्य बैंकले पायो निकै अनुभवी सीईओ, हेर्नुस को हुन् तुलसीराम गौतम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 09:58:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कान्छो बाणिज्य बैंकको रुपमा रहेको सेन्चुरी कमर्शियल बैंकले नयाँ सीईओ पाएको छ । बैंकले तुलसीराम गौतमलाई सीईओ चयन गरेको हो  ।  गौतमलाई आगामी बैशाख १९ गतेदेखि लागु हुने गरी सीईओ तोकिएको बैंकले जनाएको छ  ।

 गौतम ३ महिना अघि मात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए ।  माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए ।  ३० वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका हुन् । एसबिआइमा उनी १० बर्ष सम्म रहे । 

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । करिब ३६  वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ ।

सेञ्चुरी बैंकले यसअघि अनिल केशरी साहलाई सीइओ बनाउने निर्णय गरेको थियो । तर तलबमा कुरा नमिलेपछि साह सेन्चुरी छाडेर नबिल बैंकमा गएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved