जनता बैंकको नयाँ शाखा गोरखाको सुलिकोटमा, प्राइम लाइफ इन्स्युरेन्ससँग बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2018 | 12:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले गोरखा जिल्लाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको छ। बैंकले चैत्र ३० गते बुधबार  गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखाबाटकारोवार सुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पु¥याउने नीति अनुरुप यो शाखा खोलिएको हो । सुलिकोट गाउँपालिकावडा नं. ६, पाल्खुमा रहेको यो बैंकको ९६औं शाखाहो । बि.सं. २०७२ को विनासकारी भुकम्पको केन्द्रबिन्दु रहेको बारपाक सहित गोरखा जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको सुलिकोट गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधालिई जिबनस्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ । 

यसका साथै  बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले विभिन्न बिमा कम्पनीहरुसँग संझौता गर्ने क्रममा प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता गरेको छ । उक्त संझौतामा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved