सिद्धार्थ बैंकले ल्यायो क्यास ब्याक अफर, कार्ड मार्फत गरिने खरिदमा नगद फिर्ता पाइने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 04:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले नगद फिर्ता योजना ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा कार्डका ग्राहकले कार्ड प्रयोग गरी बस्तु तथा सेवा खरिद गर्र्दा आफ्नो खातामा नगद फिर्ता हुने योजना सञ्चालनमा ल्याएको हो । 

यस योजना अन्तर्गत उक्त बैंकका भिसा कार्डका नयाँ ग्राहकले आफ्नो भिसा डेबिट कार्ड सूचारु गरेको १५ दिन भित्र उक्त कार्डबाट कारोबार गरेमा पहिलो कारोबार भएको कुल खरिद रकमको १५ % वा अधिकतम रु. १००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउने छन् ।  

यसै गरी भिसा कार्डको प्रयोग गरिरहेका बैंकका ग्राहकले नेपाल भित्र आफ्नो भिसा डेबिट, क्रेडिट, प्रिपेड कार्ड मार्फत तीन वा तीनभन्दा बढी खरिद कारोबारमा  न्यूनतम रु. १००० को खरिद गरेमा आफ्नो खरिद रकमको १०% वा अधिकत्तम रु १००० सम्मको नगद आफ्नो खातामा फिर्ता पाउन सक्ने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यो योजना चैत्र मसान्तसम्म सञ्चालन रहने बैंकले जनाएको छ । 

ग्राहकहरुलाई वस्तु तथा सेवाको खरिद गर्दा नगदको प्रयोगको सट्टा कार्ड मार्फत् भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो योजना सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ । बैंकले हालै देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित १ सय वटा शाखा, ९९ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ७ एटिएम र ६ सय ८७ पोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड गरेको छ भने कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved