मुक्तिनाथ विकास बैंकको सिईओमा प्रद्युमन पोखरेल नियुक्त

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 11:15:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. को प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले २०७३ मंसिर १९ गतेदेखी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रुपमा जिम्मेवारी सम्हालदै आएका पोखरेललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बाणिज्य शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका पोखरेल सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । १९ वर्ष नबिल बैकमा काम गरेका उनी सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडको सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए । 

बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका वर्तमान प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा सकिँदैछ । पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा गरेपनि उनको कार्यकाल आगामी २०७५ जेष्ठ १ गते देखि मात्रै लागु हुने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved