एनआईसी एसियाको कामु प्रमुख कार्यकारीमा रोशन न्यौपाने, लक्ष्मण रिसालको राजिनामा स्वीकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 11:39:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकको कार्यबाहक सीईओमा रोशन कुमार न्यौपाने चयन भएका छन् । बैंकको आज चैत्र २ गते संचालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेलाई अर्को ब्यबस्था नभएसम्मको लागि प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरेको हो । 

न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन । उनी करिब ११  वर्ष अगाडी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका हुन्  । न्यौपाने बैंकिङ क्षेत्रमा नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाईसम्म पु¥याउनु पर्छ भन्ने मान्यता राख्ने गरेका छन् । 

साथै बैठकले यस अघिका सीइओ लक्ष्मण रिजालले फागुन २३ गते पेश गरेको राजिनामा पनि स्वीकृत गरेको छ । रिजालले बैंकर्स संघसंग भएको भद्र सहमति बिपरित बैंकले ब्याजदर बढाएको प्रति असहमति जनाउदै राजिनामा दिएका थिए । यसै बिषयमा संघ र बैंकबीच विवाद भए पनि हाल बैंकले ब्याजदर घटाएपछि उक्त विवाद साम्य भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved