के हो एनसीसी बैंकको घोटाला ? को को हुन् सीआईबीद्वारा पक्राउ परेकाहरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 12:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ । सीआईबीले आज बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक जारी रहेको वेला  छापा मारेको हो ।

सीआईबीले  छापामारी दर्जन बढी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 

एनसीसी बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, सहित १३ जना पक्राउ परेका हुन्  । त्य्स्तै प्रक्राउ पर्नेमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट, कम्पनी सचिव रामचन्द्र बर्तौला, दरबारमार्ग शाखाका तत्कालीन म्यानेजर विकास श्रेष्ठ, इटहरी शाखाका प्रबन्धक सागर न्यौपाने र दुर्गादत्त जोशी रहेका छन् । 

एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेको थियो । 

मर्ज प्रकृया सुरु भएपछि एपेक्सले अनिमित रुपमा ऋण प्रवाह गरेको उजुरी पछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो। एपेक्सले ऋण दिंदा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई समेत ऋण दिएको लगायतका अनियमितता गरेको आरोप लागेको थियो। एपेक्सका कर्मचारीहरुले नक्कली पूर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको पाइएको छ । खोला र बगरको जग्गा समेत धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । मर्जर सम्झौता गर्दा एक करोडमाथिको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति भएपन सो विपिरत एपेक्सले कर्जा लगानी गरेको खुलेको छ ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । करिव २०० करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो । यही ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले सिआइबी कारवाहीका लागि पठाएको हो।

मर्जर भएपनि अदालदको आदेश अनुसार एनसीसीमा गाभिएको एपेक्सको कारोबार विवरण छुट्टै राखिदै आएको थियो । एपेक्सको कारोबार शंकास्पद देखिएपछि अलग्गै हिसाबकिताब राख्न अदालतले आदेश दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved