एनसिसी घोटाला: मर्जर लगत्तै थालियो कमाउ धन्दा, को हुन डेढ अर्ब कुम्ल्याउने प्रमुख नाइके ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 04:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक घोटाला प्रकरणमा बैंक संचालक बिष्णु प्रसाद धिताल सहित १३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरि अनुसन्धान थालेको छ। सीआईबिले बैंकको केन्द्रिय कार्यालयमा छापा मारी कांग्रेस नेता समेत रहेका धिताल लगायतलाई पक्राउ गरेको हो। 

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा गएको झन्डै डेढ बर्षपछि बैंकभित्र भएको 'घोटाला' सार्वजनिक भएको हो। यस घोटालामा सामेल एनसीसी बैंकका संचालक धिताल सहित १३ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ। 

एनसीसीसंग मर्जरमा जाने सहमति पश्चात तत्कालिन एपेक्सका संचालक तथा कर्मचारीहरु कमाउ धन्दामा लागेको खुल्न आएको छ। २०७२ मङ्सिर ११ गते मर्जरमा जाने सहमति भएपछि 'घोटाला' सुरु भएको सीआईबिको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पक्राउ परेकाहरुले तत्कालिन एपेक्सको दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट १ अर्ब५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ कर्जा प्रवाह गरेको अनुसन्धानले देखाएको छ। उनीहरुलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबिले जनाएको छ ।

एनसीसीले इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलाई गाभेको थियो । तर एनसिसिमा २०७२ मङ्सिर  ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरे पश्चात  मर्जरको फाइदा उठाउदै तत्कालिन  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट  अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ। उनीहरुलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबिले जनाएको छ ।


यी हुन पक्राउ पर्ने बैंकका संचालक तथा कर्मचारीहरु 

विष्णु प्रसाद धिताल- तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष 

ईच्छा बहादुर गुरुङ -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

सुवर्ण राज भण्डारी, -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

मधुवन लाल श्रेष्ठ -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक

ऋषी राज भट्ट -तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत 

दुर्गा दत्त जोशी, -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक 

रामचन्द्र बसौला -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक

बिकास श्रेष्ठ  -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

सागर नेउपाने -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख 

मान ब. राउत -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

विनित मणि उपाध्याय -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक 

मोहन खरेल -तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत

सुदिप थापा -   तत्कालिन -एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved