डेढ अर्ब घोटालाले बैंकलाई पर्ने असरबारे के भन्छ एनसिसि र राष्ट्र बैंक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 06:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक घोटाला प्रकरणले फेरी एक पटक नेपालीहरुलाई त्रसित बनाएको छ। शुक्रबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एनसिसिको केन्द्रिय कार्यालयमा छापा मारी संचालक तथा कर्मचारीलाई पक्राउ गरेपश्चात बैंकिङ क्षेत्र तरंगित मात्र होइन शसंकित बनेको छ। 

सीआईबिले एनसीसी बैंकका बहालवाला संचालक तथा तत्कालिन एपेक्स बैंकका संचालक र कर्मचारीलाई पक्राउ गरेको समाचार बाहिरीए लगत्तै बैंकिङ 'समाज' मा उनीहरु पक्राउ पर्नुको कारणको खोजि भयो। 

पक्राउ पर्नुको कारण सीआईबिले सार्वजनिक नगर्दासम्म अधिकांशले एपेक्स बैंकलाई मर्ज गर्दा स्वाप रेसियो र ओभरभ्यालुएसन कै कारण उनीहरु समातिएको शंका व्यक्त गरे। तर सीआइबिले जब पक्राउ गर्नुको यथार्थ बाहिर ल्यायो, धेरैले जिब्रो टोक्न बाध्य भए। 

सीआईबिका अनुसार एनसीसीसंग मर्ज भएलगत्तै तत्कालिन एपेक्सका संचालक तथा कर्मचारी मिलेर गलत प्रक्रियाबाट २ अर्ब कर्जा प्रवाह गरे। यसबाट बैंकलाई ठुलो नोक्सानी भएको छ। 

एनसीसीमा मर्ज भईसकेकाले त्यो २ अर्ब घोटाला हुँदा एनसीसी बैंकमा कस्तो असर पर्छ ? अब बैंकमा रहेको सर्वसाधारणको निक्षेप के हुन्छ ? २ अर्बको भरपाई कसले गर्छ ? नेपाल राष्ट्र बैंकले एनसीसीको व्यवस्थापन सम्हालेकै अवस्थामा यत्रो घोटाला कसरी भयो ? जस्ता कयौं प्रश्न उब्जिएको छ। यसबारे बिजपाटिले नियामक राष्ट्र बैंक र एनसीसी बैंकको आधिकारिक धारणा लिएको छ। 

एनसीसी बैकलाई कुनै असर पर्दैन, बरु अझ बलियो बन्छ

हाम्रो निक्षेप के हुन्छ भनेर एनसीसीका ग्राहकहरु त्रसित भएको अवस्थामा एनसीसी बैंकले भने यो घटनाले बैंकलाई कुनै असर नपर्ने प्रतिक्रिया दिएको छ। 

एनसीसी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले आज सार्वजनिक भएको तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको घोटालाले एनसीसी बैंकलाई कुनै असर नपर्ने बताएकी छिन। 

मर्जर अगाडीको एनसीसी बैंक र मर्जरपछिको एनसीसी बैंकसंग जोडिएर यो घटना नघटेकाले यस प्रकरणले बैंकलाई कुनै असर नगर्ने पाठकको भनाई छ। बरु यस प्रकरणले एनसीसी बैंकलाई फाइदा पुग्ने उनको विश्वास छ। 

'सीआईबिको कारबाहीबाट वास्तविकता बाहिर आउँदा बैंकलाई नै फाइदा पुगेको छ, अब उठ्न नसकेका कर्जाहरु झनै उठ्छन' उनि भन्छिन, 'यो कर्जाको एनसीसीले पहिल्यै नै प्रोभिजन गरिसकेको छ, कर्जा उठ्दा बैंकको वित्तीय अवस्था अझै बलियो हुन्छ।' 

उनि अगाडी भन्छिन, एनसीसी संग जोडिएको घटना नभएकाले निक्षेपकर्तालाई कुनै पनि प्रकारको जोखिम छैन, यो प्रकरणले बैंकका निक्षेपकर्ता, सेयरधनी, कर्मचारी, बैंकिङ प्रणाली लगायत सबैको हित गर्छ। 

अनियमितता भएको रकम प्रोभिजन भईसकेको छ, बैकका बचतकर्तालाई अप्ठ्यारो पर्दैन 

नेपाल राष्ट्र बैंकले तत्कालिन एपेक्स बैंकको डेढ अर्ब घोटालाले एनसीसी बैंकलाई कुनै असर नपर्ने बताएको छ। अनियमितता भएको रकम प्रोभिजन गरिसकिएकाले घोटालाले एनसीसीलाई कुनै असर नपर्ने राष्ट्र बैंकको भनाई छ। 

'तत्कालिन एपेक्स बैंकबाट दुरुपयोग भएको दुई अर्ब बराबरको कर्जाको शतप्रतिशत नोक्सानी व्यवस्थापन भईसकेको छ' बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले भने, 'यो घोटालाले एनसीसी बैंक र बैंकका बचतकर्तालाई कुनै असर गर्दैन।' 

श्रेष्ठका अनुसार करिव २ अर्ब रुपैयाँको यस्तो ऋणमध्ये ४८ करोड रुपैयाँ भने धितो लिलामी गरेर उठाइसकिएको छ। बाँकी ऋण उठाउने प्रकृयामा भएपनि कमसल धितो राखेर कर्जा लिईएकाले सबै रकम असुल हुन सम्भब नभएको उनको भनाई छ।

मर्जरको फाइदा उठाउदै तत्कालिन  एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित  प्रक्रियाबाट कर्जा प्रवाह गरी  बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ। उनीहरुलाई  बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबिले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved