एनआईसी एसियाले थाल्यो मलेसियाबाट इनवार्ड रेमिट्यान्स सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 18, 2018 | 05:16:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कारोबार बिस्तारमा आक्रामक देखिएको एनआईसी एसियाले मलेसियाबाट इनवार्ड रेमिट्यान्स सेवा सुरु गर्ने भएको छ। बैंकले म्याक्स मनि एसडीएनसंगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको जनाएको छ। 

बैंकले म्याक्स मनि मलेसियासंग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट गत फागुन २७ मा नै स्वीकृती प्राप्त गरेको जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति लिएसंगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु हुन लागेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिएका छन। 

सम्झौता अनुसार म्याक्स मनिको मलेसियामा अवस्थित २१ शाखाहरुबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले एनआईसी एसियाको मुलुकभर रहेका १८४ शाखा तथा ४६०० बढी सहायक प्रतिनिधि मार्फत भुक्तान पाउने गरि रकम पठाउन सक्नेछन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved