सिद्दार्थ बैंकको लाभांश प्रस्ताब पारित, १४ प्रतिशत बोनस बितरणपछी चुक्ता पुंजी कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 19, 2018 | 07:57:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकको लाभांश प्रस्ताब पारित भएको छ। बैंकको १६ औं बार्षिक साधारणसभाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित भएको  हो।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गते बुक क्लोज गरेकाले फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सिद्दार्थ बैंकको बोनस सेयर प्राप्त गर्नेछन। १४ प्रतिशत लाभांश प्रस्ताब भएसंगै बैंकको चुक्ता पुंजी ६ अर्ब ८२ करोडबाट ७ अर्ब ७८ करोड पुगेको छ।

बैकले फागुन २ देखि चैत ६ सम्म बिक्रि गरिरहेको हकप्रदलाई पुँजीकरण गर्दा बैंकको चुक्ता पुंजी ८ अर्ब ४८ करोड नाघ्नेछ। बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने अन्तर्गत बोनस अघि कायम चुक्ता पुंजीको १० प्रतिशत हकप्रद बिक्रि गरेको हो। 

चालु आर्थिक बर्षको फागुन मसान्तसम्म बैंकले ८७ अर्ब ५७ करोड निक्षेप संकलन गरी ७९ अर्ब २९ करोड कर्जा लगानी प्रवाह गरेको छ भने यस अवधिमा १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ। 

सिद्दार्थ बैंकले  १०० वटा शाखा कार्यालय, ९९ शाखारहित बैंकिङ्ग सेवा, ३ एक्सटेन्सन काउन्टर, १०७ एटीएम र ६८७ पीओएस मेसिन मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved