प्रभु बैंकद्वारा कृषि उपज भण्डारण कर्जा सेवा संचालनमा, रसीद धितोमा राखेर ऋण पाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 06:51:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकको कोहलपुर शाखाले कृषि भण्डारण कर्जा संचालनमा ल्याएको छ। बैंकले भेरी शित भण्डार सहकारी संस्था लिमिटेड र युके एड सक्षमसगको सहकार्यमा कृषि भण्डारण कर्जा संचालनमा ल्याएको हो। 

भेरी शित भण्डारण सहकारी संस्थामा आबद्ध कृषकले कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी बैंकबाट सर्वसुलब ढंगले कर्जा पाउने बैंकले जानकारी दिएको छ।

चैत ५ देखि संचालनमा आएको कृषि भण्डारण कर्जाको उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कृषि भण्डारण कर्जा कोहलपुरमा नयाँ सेवा भएको बताए। बैंकले कृषि भण्डारण कर्जा सेवा संचालनमा ल्याएसंगै स्थानीय कृषकहरु साहु महाजनको चर्को ब्याजबाट मुक्त हुने बिश्वास व्यक्त गर्दै मेयर रावतले कृषकहरुको आर्थिक आवश्यकता परिपूर्तिमा सहयोग हुने बताए।

बैंकका कोहलपुर शाखाका शाखा प्रबन्धक विकेश कुमार श्रेष्ठले आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएको बाँके तथा बर्दियाका कृषकहरुलाई मध्यनजर गरेर कृषि उपज भण्डारण सेवा संचालनमा ल्याइएको बताए। भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने कर्जाले स्थानीय कृषकहरुलाई ठुलो लाभ हुने उनले बताए। 

बैंकले देशका विभिन्न भागहरुमा रहेका शाखाहरु मार्फत बैंकिङ सेवा प्रदान गर्नुका साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा यु.के.एड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved