जनता बैंकले ल्यायो बीमा सुविधा सहितको बचत योजना, निक्षेपकर्तालाई १० लाखसम्मको दुर्घटना बीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 07:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले बीमा सहितको बचत योजना ल्याएको छ। निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ दिने उदेश्यले बीमा सुविधा सहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको बैंकले जनाएको छ। 

यो योजना चैत ७ देखि नै लागू हुने बैंकले जानकारी दिएको छ। नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको 'जनता सुरक्षा बचत' खाता खोल्दा  निक्षेपकर्ताले आकर्षक ब्याज पाउनुको साथै स्वास्थ्य सेबामा हुने आकासिदो खर्चबाट राहत पाउने बैंकको अपेक्षा छ। 

यस योजना अन्तर्गत ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धि एउटा फाराम भर्नु पर्नेछ। सबै उमेर समूहका ग्राहकहरुले जनता बैंकका सबै शाखा कार्यालयबाट 'जनता सुरक्षा खाता' खोली यो योजनामा सहभागी हुन सक्नेछन। 

यो योजना अन्तर्गत ग्राहकले न्युनतम १० हजार निक्षेपमा नै खाता खोल्न सक्नेछन। यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले तिन महिनाबाट एक पटक भुक्तान हुनेगरि बार्षिक ७ प्रतिशत ब्याज पाउनेछन भने १० लाखसम्मको दुर्घटना बीमा पाउनेछन। 

बचतकर्ता बिरामी भई अस्पताल भर्ना हुँदा एक लाखसम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा ५ हजारसम्मको उपचार खर्च पाउनेछन। साथै बचतकर्ताले लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट पाउनेछन। साथै अन्य खातामा झैं बचतकर्ताले ATM, ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका सुविधा पाउनेछन। 

बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved