एनआईसी एसियाले ल्यायो अतुलनीय बिशेषता सहितको 'प्रिमियम समुन्नती बचत खाता'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 20, 2018 | 08:46:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले अतुलनीय बिशेषता सहितको 'प्रिमियम समुन्नती बचत खाता' संचालनमा ल्याएको छ। बचत खातामा रहेको बिशेषतालाई समेटेर ल्याईएको यस योजना अहिलेसम्मकै बिशेष रहेको बैंकको दाबि रहेको छ। 

यस योजना अन्तर्गत खाता खोल्नेले नेपाल भरिका कुनै पनि बैंकका कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ। 

साथै यस खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा,डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ। साथै मासिक औशत १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई बैंकले घरमै पुगेर बैंकिङ सेवा प्रदान गर्नेछ। 

त्यति मात्र नभई यस योजना अन्तर्गत खाता खोल्नेले मोबाइल बैंकिङ सेवा लिएपछी एनटिसी वा एनसेलको १०० बराबरको रिचार्ज कार्ड वा टप अप समेत निशुल्क पाउनेछन।  

यो योजना अन्तर्गत न्युनतम १००० मोज्दातमा नै खाता खोल्न सकिनेछ भने ग्राहकले बार्षिक ८ प्रतिशतका दरले महिने पिच्छे ब्याज पाउनेछन। त्यस्तै यस खातावालले ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क पाउनेछन। साथै यस खातामा गुड फोर पेमेन्ट चेक र ब्यालेन्स सर्टिफिकेट जारि गर्ने सुविधा निशुल्क दिईने बैंकले जनाएको छ। प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने बैकले जानकारी दिएको छ। 

एनआईसी एसियाले हाल देशभर रहेका आफ्ना १८४ शाखा, १८७ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट मार्फत आफ्ना १० लाह भन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

यस अवधिमा बैंकको वासलातको आकार १ खर्ब ४८ अर्ब भन्दा बढी पुगेको छ भने बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरि १ खर्ब ४ अर्ब कर्जा लगानी गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved