सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 02:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  बाल विकास समाजलाई रू १५०००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउने लक्ष्य लिएको बैंकले करिब २५ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित समाजलाई  उक्त सहयोग रकम हस्तान्तरण  गरेको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।  

बैंकका  प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाको कोषाध्यक्ष  सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरिएको हो । बाल विकास समाजका अध्यक्ष  सुवास गौतमले  उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने  जानकारी दिए।  बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले  मानिसमा उद्यमशिलताको  विकाश हुनु नितान्त आवस्यक रहेको कुरालाई जोड दिए  ।सभामा उपस्थित गरीब तथा जेहन्दार बिद्यार्थीका  अभिभाबकहरुलाई गरीब जन्मिनुमा  मानबको गल्ति रहदैन तर गरिब भएर संसार बाट बिदा हुनुमा मानब स्वयँम जिम्मेवार रहने कुरा व्यक्त गरे ।

अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक  आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved