जनउत्थान सामुदायिक लघुवित्त र यु.के.एड, सक्षम बीच सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 01:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र यु.के.एड, सक्षम बीच एक साझेदारी पत्रमा हस्ताक्षर भएको छ  । बैंकमा आवद्ध समुह सदस्यहरुको घरायसी प्रयोजन, व्यवसायिक प्रयोजन, साना लघु उद्यम तथा आयआर्जनका कार्यहरुका लागि उचित मुल्यका, स्वच्छ तथा जलवायु अनुकुल उर्जाको पहुँच सहज बनाउने लक्ष्यका "Increasing Rural Access to Finance for Productive Energy Use" परियोजनामा हस्ताक्षर भएको हो । यस परियोजना  बैंकको कार्यक्षेत्र भित्र पर्ने ६ वटा जिल्लाहरु (रुपन्देही, कपिलबस्तु, दाङ्ग, वर्दिया, कैलाली र कञ्चनपुर) मा लागु हुने छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल र सक्षम परियोजना प्रमुख बलजित बोहोराले साझेदारी पत्रमा हस्ताक्षर गरी परियोजनाको औपचारिक रुपमा शुरुवात गरेका हुन् । 

साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रम पश्चात परियोजनाको औपचारिक सुरुवात सँगै रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ०२, सुकेताल निवासी विगत ४ वर्ष देखि कलौनी शाखा कार्यलय अन्तर्गत पर्ने सुकेताल बचत केन्द्रमा आवद्ध बैंकिङ्ग समुदाय सदस्य प्रेम कुमारी थारुले कुखुरा पालन व्यवसायमा सोलार मार्फत बिजुली तथा फ्यान जडानको लागि रु १,१५,००० कर्जा माग गरे बमोजिम नीजको व्यवसायको लागि बैंकको समन्वयमा लुम्बिनी सोलार कम्पनी लि. ले जडान गरी उक्त जडान बापतको लागत रकम बराबरको चेक प्रेम कुमारी थारु ऋणी रहने गरी लुम्बिनी सोलार कम्पनीलाई हस्तान्तरण गरी परियोजनाको कार्यन्वयन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै परियोजना अन्तर्गतको पहिलो कर्जा ग्राही प्रेम कुमारी थारुले जनउत्थानले ल्याएको उर्जा कर्जाले म जस्ता धेरै दिदी बहिनीहरुलाई सहज रुपमा उचित मुल्यका, स्वच्छ तथा जलवायु अनुकुल उर्जा प्रविधिको पहुँच पु¥याउनेमा विश्वस्त रहेको बताउदै यसले आफ्नो व्यवसायमा थप आम्दानी बढाउन मद्दत मिल्ने बताईन । 

पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस बैंकमा करिब २२,५००।– जना आर्थिक रुपले विपन्न, बैंकिङ्ग पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved