२० अर्व चुक्ता पुंजीको पूर्वाधार बिकास बैक आउदै, ४५ प्रतिशत रकम जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 05:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रबैकले पूर्वाधार बिकास बैकका लगानीकर्तालाई चुक्तापूँजीको ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको छ । नेपाल सरकारको दश प्रतिशत सहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी गर्ने गरि सो बैक सन्चालनमा आउन लागेको हो ।

विहीबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकले चुक्ता पुँजीको ४५ प्रतिशत रकम जम्मा गर्ने निर्देशन दिएको हो । बैकको चुक्तापूँजी २० अर्व हुने छ ।

 बैकमा २६ बटा बैक, बित्तिय सस्था तथा इन्सुरेन्सले लगानी गर्दै छन भने १४ जना व्यक्तिगत लगानीकर्ता छन । व्यक्तिगत लगानीकर्तामा बोधप्रसाद त्रिपाठी,नितेश अग्रवाल, आकाश गोल्छा, डा.विनोद आत्रेय, वीरेन्द्रकुमार संघई, शशीकान्त अग्रवाल, शुभाषचन्द्र संघई, सुशील गुप्ता, प्रकाश मुन्दना, दीपककुमार मल्होत्रा, रोहित गुप्ता, हेमन्त गोल्छा, दीपककुमार मुन्दडा र जीवननाथ लामिछाने छन ।

नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा. विमल कोइराला रहेका छन ।

पूर्वाधार बिकास बैंकले देशको पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved