सिद्धार्थ बैंकले एकैसाथ सञ्चालनमा ल्यायो दुई शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 04:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंकले एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार उदयपूरको बेल्टार बजारमा र  मोरङको विराटचोकमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उदयपुर प्रदेश क्षेत्र नम्बर १ का सांसद बिमल कार्की र उदयपुरको चौदन्दिगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले बेल्टार शाखाको संयुक्त उद्घाटन गरे । विराटचोक शाखाको उद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र बैंकका संचालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरे ।

उक्त शाखाहरुबाट गा्रहकहरुले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । नयाँ शाखाहरुबाट स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र सो क्षेत्रका व्यवसायी तथा सर्वसाधारण बैंकले प्रदान दिँदै आएको सेवाबाट लाभान्वित हुने बैँकको विश्वास छ । 

बैंकले हालै देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित १ सय वटा शाखा, ९९ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ८ एटिएम र ६ सय ८७ पोस मेसिन मार्फत्सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved