मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 05:44:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.को नयाँ शाखा दाङको तुलसीपुरमा खुलेको छ । तुलसीपुर उप–महानगरपालिका ५ स्थित शाखाको दाङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र  के.सी. बुधबार उद्घाटन गरे । 

कार्यक्रममा तुलसीपुर उप.म.न.पा.की उप–मेयर माया शर्मा अचार्य, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालीसे लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा प्रतिनिधी सभा सदस्य हिराचन्द्र के.सी.ले वित्तीय संस्थाहरु बीच प्रतिस्पर्धा धेरै भएतापनि यस बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएको बताए । उनले अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धिको भएकोले पनि बैंकले सहयोग गर्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले ग्राहकको सुझाव बमोजिम सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहने बताए । हाल बैंकले अबलम्बन गरेको मोडेल हाम्रो देशको आवश्यकता रहेकोले सोही बमोजिम यस विकास बैंकले योगदान दिने र सो मा सबैको सहयोग र साथ दिन अनुरोध गर्नु भएको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved