बिओकेको पूँजी बृद्धि योजना राष्ट्र बैंकको टेबलमा, प्रस्तावित बिकल्पबारे के भन्छ राष्ट्र बैंक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 28, 2018 | 07:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डूले गत आर्थिक बर्षको लाभांश घोषणा गरेपछि चुक्ता पुंजी ८ अर्ब कसरि पुग्छ भने बहस सुरु भएको छ। लगानीकर्ताको  अपेक्षा बिपरित १३.२५ प्रतिशत बोनस घोषणा भएपछी बिओकेले समयमै ८ अर्ब चुक्ता पुंजी कसरि पुर्याउँछ भन्नेबारे बहस सुरु भएको हो। 

अधिकांश लगानीकर्ताले बैंकले गत आर्थिक बर्षको कमाईबाट र एफपीओ बिक्रि गर्दा प्राप्त प्रिमियमबाट बोनस सेयर घोषणा गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउँछ भन्ने अपेक्षा गरेका थिए। बैंकले २७ प्रतिशत बोनस घोषणा गर्दा चुक्ता पुंजी ८ अर्ब पुग्थ्यो तर १३.२५ प्रतिशत बोनस शेयर घोषणा गरेकाले यथास्थितमा उसको चुक्ता पुंजी ७ अर्ब ७ करोड पुग्छ। 

बिओकेले चुक्ता पुंजी ८ अर्ब पुर्याउन चाल्न सक्ने सम्भावित बिकल्पबारे बजारमा अनेक चर्चा चलेका छन। कसैले बैंकले प्रिमियम रकमलाई चुक्ता पुंजीमा गणना गर्न सक्ने अनुमान गरेका छन भने केहि लगानीकर्ताले बैंकले कुनै अर्को वित्तीय संस्थालाई प्राप्त गर्नसक्ने सम्भावना व्यक्त गरेका छन। त्यस्तै केहि लगानीकर्ताले बैंकले घोषणा गरेको बोनसलाई पुनरावलोकन गर्न सक्ने अपेक्षा गरेका छन्। 

चुक्ता पुंजी ८ अर्ब कसरि पुर्याउनु हुन्छ भन्ने प्रश्नको जवाफ दिंदै बिओकेका एसिस्टेन्ट जेनरल म्यानेजर (सर्भिस एण्ड सपोर्ट अप्रेशन) तथा प्रवक्ता महेश मिश्रले बिजपाटिलाई भनेका छन, 'चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि हाम्रा सामु भएका बिकल्पबारे राष्ट्र बैंकलाई जानकारी गराएका छौं, राष्ट्र बैंकको जवाफको आधारमा नै बैंकले निर्णय गर्छ, यहि नै बिकल्प भन्ने बारे निश्चित भएको छैन।' 

उनि अगाडी भन्छन, तत्कालिन लुम्बिनी बैक र बैंक अफ काठमान्डू मर्जर हुँदाको स्वाप बापतको रकम र संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्दा प्रिमियम बापत प्राप्त ९२ करोड ९९ लाखबाट बोनस सेयर दिने कि समय थपेर अर्को पटक बोनस सेयर दिएर अगाडी भन्ने बिकल्पबारे राष्ट्र बैंकमा पत्र पठाएका छौँ, जस्तो जवाफ आउँछ त्यहि अनुसार अगाडी बढ्छौं।

१३.२५ प्रतिशत बोनस सेयर पुनरावलोकनको सम्भावना बढेको हो भन्ने प्रश्नको जवाफ दिंदै मिश्रले भने, 'समय थप हुँदैन, तोकिएको समयमै चुक्ता पुंजी ८ अर्ब पुर्याउनुपर्छ भन्ने निर्देशन आयो भने प्रिमियम रकमबाट बोनस सेयर दिएर अगाडी बढ्दा घोसित बोनस सेयर पुनरावलोकन हुन पनि सक्छ।'

बिओंकेको सन्दर्भ उल्लेख गर्दै ८ अर्बको याेजना परिमार्जन भएकाे हाे भन्ने प्रश्नको जवाफमा नेपाल राष्ट्र बैंकका बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले सबैले तोकिएकै समयमै तोकिएको चुक्ता पुंजी पुर्याउनु पर्ने बताएका छन। 

'बिओकेलाई छुट दिने भन्ने हुँदैन, उहाँहरुले बिभिन्न बिकल्प राखेर प्रस्ताब पठाउनु भएको छ, त्यो राष्ट्र बैंकमा विचाराधीन छ, एक हप्तामा टुंगो लाग्छ' श्रेष्ठले भने, 'तोकिएकै समयमा ८ अर्ब पुर्याउन नसके जे कारबाही हुन्छ भनेको छ, त्यहि कारबाही हुन्छ, कुनै एक बैंक बिशेष भनेर छुट कसैलाई हुँदैन।'   

बिओकेलाई चुक्ता पुंजी ८ अर्ब पुर्याउन करिब ९२ करोड अपुग भएको छ। बैंकसंग लुम्बिनीसंग मर्जर हुँदाको स्वाप्त बापतको करिब ४० करोड र एफपीओ बिक्रि पश्चात प्राप्त ९२ करोड ९९ लाख प्रिमियम छ। आर्थीक बर्ष २०७३-७४ काे वासलात स्वीकृत हुँदा नै चुक्ता पुंजी ८ अरव पुग्नुपर्ने हुन्छ। 

२८ मध्ये धेरै बाणिज्य बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याईसकेका छन भने केहि बैंकले कसरी ८ अर्ब पुर्याउने भन्ने पुंजी वृद्धि योजना सार्वजनिक गरिसकेका छन।  

बिओकेले गत आर्थिक बर्षको लाभांश घोषणा गरेपनि सिभिल बैंक, कुमारी, एनएमबि बैंकले लाभांश घोषणा गरेका छैनन। यद्दपी यी बैंकहरुले औपचारिक अनौपचारिक रुपमा चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना भने सार्वजनिक गरिसकेका छन। त्यस्तै एनसिसीकाे पनि चुक्ता पुंजी पुगेकाे छैन । बैेकका शेयरधनीहरूबीचकाे अान्तिरक द्वन्द्वले ताेकिएकाे चुक्ता पुजि कसरी पुर्याउछ ? अहिले सबैकाे चासाेकाे विषय भएकाे छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved