मुक्तिनाथ बैंकका ३ शाखा एकैसाथ सल्यानमा सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 05:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सल्यानमा एकैसाथ ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो । 

बैंकले चैत्र १४ गते बुधवार सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाममा लुहाम शाखा र बिहिबार बागचौर नगरपालिकामा २ स्थित थारमारे शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सल्यानको शारदा नगरपालिका वाड नं १ श्रीनगरमा पनि बिहिबार शाखा विस्तार गरेको छ ।

लुहाम शाखाको उद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी र थारमारे शाखाको उद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरे । श्रीनगर शाखाको उद्घाटन भने शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका थिए । कार्यक्रममा बैंकलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा खुशी भएको भन्दै तीनवटै स्थानीय तहका प्रमुखहरुले आगामी दिनमा यस बैंक ‘क’ वर्गको भएको हेर्ने चाहना रहेको बताए । तीन वटै शाखा उद्घाटनामा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल पनि सहभागी थिए । सल्यानमा ३ वटा शाखा सञ्चालन गर्ने मुक्तिनाथ विकास बैंक पहिलो बैंक भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved