जनता बैंकको ८ शाखा एकै साथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 02:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले एकै साथ ८ नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । बैंकले सेवा विस्तार गरेका नयाँ शाखाहरुमा रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा, टिकापुर शाखा, टिकापुर न.पा. १, कैलाली, वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जा, महाराजगंजशाख, काठमाडौं महानगरपालिका ३, काठमाडौं रहेका छन् । त्यसैगरी ग्वार्को शाखा, ललितपुर महानगरपालिका ८, ललितपुर, नयाँमिलशाखा, तिलोतमा न.पा. ५, रुपन्देही, दुम्किबास शाखा, बिनयी त्रिवेणीगाउँपालिका १, नवलपरासी र भुरीगाँउशाखा, ठकुरबाबा न.पा. वडा नं. १, बर्दिया रहेका छन् । 

रामपुर, टिकापुर र वालिङ शाखाको कारोवार चैत्र १५ गते बिहिबारदेखि र बाँकि ५ शाखाको कारोवार चैत्र १६ गते अर्थात आज शुक्रबारदेखि सुरु भएको हो । एकैसाथ ८ शाखा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा १७ शाखा सहित बैंकको शाखा संख्या १ सय ६ पुगेको पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान दिँदै आएको छ ।  

बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट बोनस शेयर वितरण गरे पश्चात चुक्तापुँजी रु. ८ अर्ब ७ लाखपुगेको छ ।  यस सगै राष्ट्र बैंकले तोकेको पुँजीसिमा पुरा भइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved