एन आई सी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा इलामको गोदकमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 30, 2018 | 03:10:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा सूचारुलाई तीव्रता दिएको छ । बैंकले चौथो शाखारहित बैंकिङ्ग सेवाको रुपमा इलामको गोदक भन्ने ठाउँबाट सेवा सुरु गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको इलाम नगरपालिका वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । गाउँमै शाखारहित सेवाबाट बैंकिङ्ग कारोबारको सुरु भएपछि स्थानीय बासिन्दालाई बैंकिङ्ग सेवाका लागि टाढा पुग्नुपर्ने बाध्यता हटेको बैंकले लिएको छ । उक्त सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्न सक्ने सक्नेछन् । 

हालसम्म बैंकले मुलुकभर १ सय ८७ शाखा, १ सय ९० एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved