सिभिल बैंकको नयाँ शाखा लमजुङको बेसीशहरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2018 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेडले लमजुङको बेसीशहरस्थित त्रिवेणी टोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले एका कार्यक्रमकाबीच शाखाको उद्घाटन गरे । उद्घाटनमा उनले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने भन्दै देशका अतिदुर्गम भेगमा बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने बताए । अहिले नेपालको कूल ४०% जनताले मात्रै बैंकिंग सेवा लिने गरेको र उक्त ४०% मध्येपनि ४२% ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताए । डा. नेपालले स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर नै नेपाल राष्ट्र बैंकले ७ सय ५३ वटै स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीतिअनुरुप प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्न निर्देशन जारी गरेको जानकारी दिए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक आवश्यक रहेको भन्दै राष्ट्र बैंककै नीति अनुसार सिभिल बैंकले शाखा विस्तारको अभियानलाई तीव्रता दिएको बताए । कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा लगायत सहभागी थिए ।

सिभिल बैंकले हालसम्म २ लाख  भन्दा बढी ग्राहकहरु रहेको रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बेसीशहरस्थित त्रिवेणी टोलमा खोलिएको नयाँ शाखा बैंकको ५९ औँ शाखा हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved