सिटिजन्स बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 12:07:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । “योर पार्टनर फर प्रोग्रेस” अभियानमा निरन्तर लागिरहेको बैंकले हरेक वर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको अवसरमा विद्यालयलाई सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले एक लाख पचास हजारको चेक विद्यालयका प्र.अ. एस .के .नेपाललाई  हस्तान्तरण गरे । चेक बुझ्दै प्र.अ. नेपालले उक्त रकम विद्यालयले फर्निचर किन्न प्रयोग गर्ने जानकारी गराए । बैंकका सिईओ भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु अत्यन्त आवश्यक रहेको बताए । उनले  सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बताए । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन गराउन विभिन्न कार्यक्रम संचालन गर्ने सिईओ भण्डारीले जानकारी गराए ।


 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved