एनआईबिएलएस क्यापिटल लिमिटेडद्धारा ३ शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 11:28:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएलएस क्यापिटल लिमिटेडले एकैसाथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयां शाखा विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एनआईबिएलएस क्यापिटलले मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले हालसम्म १ लाख ५० हजार भन्दाबढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक÷वित्तीय संस्था, बीमाकम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन गर्दै आइरहेको छ । 

कम्पनीले आगामी दिनमा देशका प्रमुख शहरमा थप शाखा विस्तार गर्ने बताएको छ । कम्पनीले हाल नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखा र कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखराबाट सेवा प्रदान गरिरहेको छ । भर्खरै विस्तार भएका नयां शाखाहरुबाट समेत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितो पत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानीकोष अन्तर्गतका सेवाहरु पप व्यवस्थित हुने कम्पनीको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved