नबिलको बठयाईमा राष्ट्र बैंकको ध्यानाकर्षण, थाल्यो कारबाहीको तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 03, 2018 | 07:54:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई कारबाही गर्ने संकेत गरेको छ। राष्ट्र बैंकको नियमको 'लुपहोल' मा टेकेर पटक पटक आफ्नो स्वार्थ अनुकुल निर्णय गर्दै आएको नबिल बैंकलाई उसले ल्याएको 'कार्ड बाट कार क्यास ब्याक लगातर' योजनाका कारण राष्ट्र बैंकले कारबाही गर्ने तयारि थालेको हो। 

'यस योजनाका लागि नबिल बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिएको छैन, यो योजना एकीकृत निर्देशनको अनुकुल देखिएन' नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बिजपाटिलाई भने, 'एकीकृत निर्देशनको लुपहोलमा टेकर अफर ल्याइएको छ, नियमको गलत ब्याख्या भएको छ, छलफल पश्चात कारबाही गर्ने तयारि छ।' 

कसैले उजुरी दिएको अवस्थामा नबिललाई तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहायक प्रवक्ता पण्डितले आफुहरुले छलफल गरेर नबिललाई के गर्ने भन्ने निर्णय गर्ने बताए। 

 नबिल बैंकको अर्को बठ्याई, कुलिङ पिरियड छल्न अनिल शाहलाई 'डी' सिइअाेमा नियुक्ति

नबिलले आफ्ना भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि नगद फिर्ता योजना सहित बम्पर उपहार योजना ल्याएको छ। 'कार्ड बाट कार क्यास ब्याक लगातर' नामक यस योजना अन्तर्गत बैंकले नगद फिर्ता सहित उपहारमा हुन्डाईको कार दिने योजना ल्याएको छ। बैंकहरुले चाउ चाउ कम्पनिहरुले झैं बिभिन्न जिन्सी उपहार ल्याएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत यस अघि नै त्यस्तो नगर्न रोक लगाएको थियो। तर नबिलले यस्तो योजना ल्याएर फेरी अर्को पटक राष्ट्र बैंकको व्यवस्थालाई चुनौती दिएको छ। 

पछिल्लो समय नबिल बैंककै कारण राष्ट्र बैंक 'फेलियर' हुँदै गएको आभास भएको छ। नबिलले यस अघि निक्षेपमा दिने र कर्जा तथा सापटीमा लिने ब्याजदरको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने राष्ट्र बैंकको व्यवस्थालाई चुनौती दिएको थियो। 

त्यस्तै पछिल्लो पटक नबिलले राष्ट्र बैंकको आँखामा छारो हालेर नेपाल टेलिकमबाट महँगो ब्याजदरमा पैसा उठाएको थियो। 'ब्याजदर सम्बन्धी व्यवस्थामा उल्लेख गरिएको 'बोलकबोल (bid) को आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म ब्याजदर थप गरी निक्षेप संकलन गर्न सकिनेछ' भन्ने एकीकृत निर्देशनमा भएको व्यवस्था बिपरित नबिलले टेलिकमबाट १३.०२ प्रतिशत ब्याज दर कबुलेर पैसा उठाएको थियो। जस कारण राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको व्यवस्थालाई संसोधन नै गर्न बाध्य भएको थियो। 

त्यस्तै बैंक वित्तीय संस्थामा सुशासन कायम गर्न भन्दै राष्ट्र बैंकले ल्याएको 'कुलिङ पिरियड' को व्यवस्थालाई पनि नबिल बैंकले ठाडो चुनौती दिएको थियो। 

राष्ट्र बैंकले वित्तीय सुशाशन कायम गर्न भन्दै लागू गरेको '६ महिने कुलिङ पिरियड' लाई नबिलले ठाडो चुनौती दिई बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा बैंकर अनिल शाहलाई नियुक्त गरेको थियो।     

यस अघि:

नबिल बैंकको बठयाईले राष्ट्र बैंकले चाल्यो यस्तो कदम, अब 'सर्वसाधारण' लाई झुक्याउन गाह्रो हुने

राष्ट्र बैंकको कारबाहीबाट बच्न नबिलले गर्यो यस्तो हर्कत, किन अत्तालिदैछ नबिल बैंक ?

नबिल बैंकले गुरु न्यौपानेलाई सेयर धितोमा राखी 'खुसुक्क' दियो ऋण, राष्ट्र बैंकले सोध्यो स्पष्टीकरण

नबिल बैंकमा ऋण काण्ड ! अडिटरले ब्यालेन्ससीटमा हस्ताक्षर गर्न नमानेपछि बाहिरियो यस्तो कर्तुत !

'नीतिगत भ्रष्टाचार'को नमुना: नियामक कमजोर हुँदा नबिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई करोडौं फाइदा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved