जनता बैंक र बुम रेमिट्यान्स बीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 12:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले ‘बुम रेमिट्यान्स’ लाई ‘जनता रेमिट’ को मुख्य एजेन्ट भई काम गर्न नियुक्त गरेको छ । जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सम्झौता पत्रमा हस्तक्षर गरे । 

सम्झौता बमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम बुम रेमिट्यान्सले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने छ । 

बुम रेमिट्यान्सले हाल खाडि मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । अब मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने रेमिट्यान्सले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved